26 May Friday, 2017

Breaking News:

News

धनगढीमा देउडा प्रतियोगिता हुने

 
 
सुदूरपश्चिममा उत्साहपूर्वक मनाइने गौरा पर्वको अवसर पारेर धनगढीमा लोक देउडा प्रतियोगिता हुने भएको छ । 
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कैलाली र लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोले संयुक्त रुपमा देउडा प्रतियोगिता आयोजना गर्न लागेको हो । यहि भदौ १० र ११ गते धनगढी स्थित क्षेत्रीय रंगशालाको मैदानमा सो प्रतियोगिता हुने आयोजकले मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 
गौरा र देउडा सुदूरपश्चिमबासीको मौलिक संस्कृति रहेको हुनाले संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ देउडा प्रतियोगिता आयोजना गर्न लागेको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठा कैलालीका अध्यक्ष दलबहादुर बोगटीले बताए । उनले युवा पुस्तासंग मिलेर यसवर्ष बृहत रुपमा देउडा प्रतियोगिताको आयोजना गर्न लागेको उल्लेख गरे । 
देउडा प्रतियोगितामा एक समूहमा बढीमा छ जना रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ । 
प्रतियोगिताले यस क्षेत्रमा रहेका कलाकारहरुलाई थप हौसला प्रदान गर्ने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य सुरत रावत डोटेली कान्छाले बताए । प्रतियोगिताले म कुन अवस्थामा छु भनेर स्वयम् कलाकार आफैलाई मूल्यांकन गर्न सहयोग पु¥याउने बताए । 
लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोका अध्यक्ष युवराज जोशीले संस्कृति संरक्षणमा युवा पुस्ता पनि जुर्मुराउनु पर्ने बताए । उनले संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ आफ्नो संस्था कला क्षेत्रमा क्रियाशिल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानसंग मिलेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरे ।