26 May Friday, 2017

Breaking News:

News

बेहडाबाबाको विकासका लागि पहल गर्न समितिहरु गठन

 
प्रसिद्ध धार्मीक स्थल बेहडाबाबा क्षेत्रको धार्मिक पर्यटनसहित बृहत्तर विकासका लागि पहल गर्न विभिन्न समितिहरु गठन गरिएका छन् ।
बेहडाबाबा मन्दिर परिषरमा भएको सर्वपक्षीय भेलाले संरक्षण मण्डल, संवाद तथा समन्वय समिति, सल्लाहकार समिति र अवधारणा निर्माण समिति गठन गरेको हो । मण्डलले बेहडाबाबाको बृहत्तर विकासका लागि आवश्यक वातावरण निर्मँण तथा मार्गदर्शन गर्ने बेहडाबाबा मन्दिर सेवा समितिले जनाएको छ ।
क्षेत्र नम्बर ६ का सांसद, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला प्रहरी प्रमुख, धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत र शहरी विकास तथा भवन निर्मँण डिभिजन कार्यालयका प्रमुख सदस्य रहेको संरक्षण मण्डल गठन गरिएको हो ।
यस्तै मदनराज पाण्डेयको संयोजकत्वमा ९ सदस्यीय संवाद तथा समन्वय समिति र सांसद प्यारेलाल रानाको संयोजकत्वमा १९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । संवाद समितिले बेहडाबाबा क्षेत्रको विकासका लागि विभिन्न पक्षसंग आवश्यक छलफल गर्ने बताइएको छ ।
यस्तै साहित्यिक कार्यक्रम संयोजकमा पद्मराज जोशी, कानूनी परामर्शका लागि बीरबहादुर जेठारा, प्रेस सल्लाहकारमा दीर्घराज उपाध्याय र मिडिया पार्टनरमा पश्चिम टुडेलाई जिम्मा दिने सर्वपक्षीय भेलाले निर्णय गरेको मन्दिर सेवा समितिले जानकारी दिएको छ ।
समितिका अध्यक्ष खेमबहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि, वुद्धिजीवि, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।