26 May Friday, 2017

Breaking News:

News

image not found

सुदूरपश्चिम क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी बल

‘शान्ति सुरक्षा प्रतिबद्धता’ आदर्श वाक्यको रुपमा अंगिकार गरेको सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै राज्यप्रदत्त जिम्मेवारीहरुलाई त्रुटीरहित ढंगबाट निर्वाह गर्दै आइरहेको छ । नागरिकको जिउ धन र स्वतन्त्रताको रक्षार्थ मानवअधिकारको संरक्षण एवं सम्वद्र्धन गर्दै  राज्यको आवश्यकता र नागरिकको अपेक्षाअनुरुप सशस्त्र प्रहरी बल कार्यक्षेत्रमा अहोरात्र क्रियाशील रहेको छ । 
वर्तमानमा विकसित भू–मण्डलीकरण, भू–राजनीतिक, भू–आर्थिक अवस्थाहरुका साथै सूचना तथा प्रविधिहरुको द्रुतत्तर विकासले शान्ति सुरक्षा व्यवस्थापन गर्ने कार्य जटिलभन्दा जटिल बन्दै गइरहेको अवस्था छ । मानवका चाहना तथा आकांक्षाहरु बढोत्तरी हुँदै गइरहेका छन् । साधन स्रोतको उपलब्धताका सीमितताले गर्दा प्रतिस्पर्धामूलक समाजमा मानवीय मूल्य मान्यता र सु–संस्कारहरुको दिनानुदिन ह्रास हुँदै गइरहेको वर्तमान परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय आतंकवाद, लागूऔषध ओसारपसार तथा प्रयोग, हातहतियार तथा विष्फोटक पदार्थको अवैध रुपमा ओसारपसार तथा प्रयोग, मानव बेचबिखन जस्ता जटिल प्रकृतिका आपराधिक क्रियाकलापहरुले मानव समाजलाई असुरक्षित बनाउँदै लगिरहेको छ । यस्ता आपराधिक गतिविधिहरु सञ्चालनकर्ताहरुको अस्वभाविक र संगठित सञ्जाल आदिका कारणले सुरक्षा व्यवस्थापन कार्यलाई थप जटिल बनाउदै गइरहेको वर्तमान परिवेशमा सुरक्षा निकायहरुले अपनाउदै आएको परम्परागत अवधारणालाई परिवर्तन गरी समयानुकूल अत्याधुनिक प्रविधिहरुको प्रयोग गरी सुरक्षा व्यवस्थापनमा सरोकारवाला निकायहरुबीच समन्वय, सहयोग र सहकार्य स्थापित गरी सुरक्षात्मक कामकारबाहीलाई प्रभावकारी बनाउन अपरिहार्य भएको छ । जसका लागि बृहत्तर सुरक्षा अवधारणा अनुरुप उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग, सूचना संकलन, मूल्यांकन, विश्लेषण र रणनैतिक रुपमा सम्भावित सुरक्षा जोखिमको विश्लेषणको आधारमा आदान प्रदान एवं बुद्धिमतापूर्वक उपयोगमा जोड दिन जरुरी हुन जान्छ । एकातर्फ राष्ट्रिय एकता, स्वतन्त्रता, अखण्डता र नागरिकको सार्वभौमसत्ताको संरक्षण एवं सम्वद्र्धन गर्न आवश्यक हुन्छ भने अर्कोतर्फ मानव अधिकारको संरक्षण र सम्वद्र्धन, विधिको शासनको स्थापना, सु–शासन र लोकतन्त्रको संस्थागत विकासका लागि टेवा पुग्ने गरी वृहत्तर सुरक्षा अवधारणा अनुरुप परिचालित भई व्यावसायिकता, व्यावसायिक विशिष्टता, जवाफदेहिता, इमान्दारिता, उच्चस्तरको पेशागत आचरण तथा व्यवहार प्रदर्शन गर्ने कार्यलाई व्यावसायिक कार्य सम्पादनको अभिन्न अंगको रुपमा अंगिकार गर्न जरुरी हुन जान्छ ।
राज्य केन्द्रित र नागरिक केन्द्रित सुरक्षा अवधारणालाई सन्तुलित रुपमा स्थापित गर्दै नागरिकको मन मस्तिष्क जित्न सशस्त्र प्रहरी बल नेपालले नागरिकको जीउ धन, स्वतन्त्रतालाई केन्द्र बिन्दुमा राखी आफ्ना सहजता, सुगमता, सुविधालाई थाती राखेर सकल दर्जाका राष्ट्रसेवकहरु मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्ने, आर्थिक अनुशासन कायम गर्ने, लैंगिक हिंसा सम्बन्धमा संगठनबाट अख्तियार गरिएको शून्य सहनशीलताको नीतिलाई अबलम्वन गर्ने कार्यमा सकल दर्जाका राष्ट्रसेवकहरु प्रतिबद्ध रहेका छन् ।
सशस्त्र प्रहरी बलको नीति, रणनीति, कार्यनीति र निर्देशनहरुलाई मार्गदर्शनको रुपमा अंगिकार गरी सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय वैद्यनाथ बाहिनी अत्तरियाले प्रचलित ऐन नियमबमोजिम परिचालित भई आफ्नो जिम्मेवारी इलाकामा बाहिनीलगायत १४ वटा स्थायी र ११ वटा अस्थायी इकाईहरु परिचालित भई शान्ति सुरक्षा व्यवस्थापन गर्ने कार्यलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्दै आइरहेको छ । सुदूरपश्चिम क्षेत्रअन्तर्गत रहेका नौ वटा जिल्लामध्ये कैलाली, कञ्चनपुर, अछाम र दार्चुला जिल्लाहरुमा स्थायी कार्यालयहरु रहेका छन् भने डडेल्धुरा जिल्लामा अस्थायी रुपमा सशस्त्र प्रहरी बलको इकाई स्थापना भएको छ ।
राज्यप्रदत्त जिम्मेवारीहरु निर्वाह गर्ने सिलसिलामा सुदूरपश्चिम क्षेत्रमा विभिन्न प्रयासहरु भएका छन् । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । 
सामाजिक तथा सद्भावमूलक कार्य ः–
२०७२ साल भदौ ७ गते अप्रत्यासित रुपमा भएको टीकापुर घटनापश्चात थारु÷चौधरी र पहाडी समुदायबीचको सद्भाव बढाउने कार्यमा विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरी सुरक्षा जोखिम विश्लेषणका आधारमा कैलाली जिल्लाका विभिन्न स्थानहरुमा थप सशस्त्र प्रहरी बलका सुरक्षा बेशहरु स्थापना गरिएका छन् । विभिन्न किसिमका सामाजिक क्रियाकलापहरु जस्तै रक्तदान, विकास निर्माण कार्यमा सहभागिता, बाढीपीडितहरुलाई राहत वितरण, विभिन्न समुदाय तथा शैक्षिक संघसंस्थाहरुमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूुलक अनुशिक्षण कार्यक्रम सञ्चालनलगायतका महत्वपूर्ण कार्यहरु भइरहेको छ ।
राजश्व चुहावट नियन्त्रणसम्बन्धी ः–
देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको राजश्व असुली कार्यको महत्वलाई मनन् गरी राजश्व चुहावट नियन्त्रण कार्यमा यथेष्ट प्रयासहरु भएका छन् । यस कार्यबाट एकातर्फ राजश्व चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धी हासिल गर्न सफल भएको छ भने अर्कोतर्फ लक्ष्यभन्दा बढी राजश्व उठाउन सम्भव हुन गएको छ । फलस्वरुप सुदूरपश्चिम क्षेत्रअन्तर्गत कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी आ.व. ०७२÷०७३ मा नेपाल सरकारको मूल्यांकनमा सर्कोत्कृष्ट बन्न सफल भएको छ । 
संयुक्त अभ्यास कारबाही ः–
स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको प्रत्यक्ष सहभागिता र समन्वयमा हुल तथा दंगा व्यवस्थापनको संयुक्त अभ्यास नियमित रुपमा गरिँदै आएको छ ।  यसबाट आबद्ध निकायहरुको जनशक्ति पेशागत दक्षता, व्यावसायिकता, स्रोत साधनको अवस्था तथा उपलब्धता, कामकारबाहीमा सामञ्जस्यता, Interoperability मा विद्यमान समस्याहरुको पहिचान हुनुका साथै सोको निराकरणका लागि अवलम्बन गर्नुपर्ने उपायहरुको खोजी, सद्भाव तथा भाईचारापनमा वृद्धि हुन गएको महसुस गरिएको छ ।
सीमा सुरक्षा व्यवस्थापन र समन्वय ः–
सीमा सुरक्षा व्यवस्थापनलाई व्यवस्थित, विश्वासिलो र मजबुद तुल्याउँदै सीमावर्ती इलाकामा बसोबास गर्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा सहयोग पु¥याउन भारतीय समकक्षी सुरक्षा निकाय सशस्त्र सीमा बलसँगको सहयोग, सहकार्य र समन्वयलाई प्रभावकारी बनाइएको छ । जसअन्तर्गत समकक्षी सशस्त्र सीमा बल (एसएसबी) का फ्रन्टियर्स हेडक्वाटर्सका आईजीपी र सेक्टर हेडक्वाटर्सका डीआईजीस्तरको समन्वयात्मक बैठक नियमित रुपमा गरिँदै आइरहेको छ । सम्बन्ध, सहयोग र समन्वयमा प्रभावकारिता ल्याउन कैलाली जिल्लाको धनगढीमा एपीएफ सुपक्षे बाहिनी टीम र एसएसबी फ्रन्टियर्स हेडक्वाटर्स टीमबीच सद्भावनापूर्ण भलिबल म्याचको आयोजना नेपालको दार्चुला जिल्ला र भारतको धार्चुला, जलजिबि, डिडिहाट इलाकामा ५ दिन अवधिको मैत्रीपूर्ण साइकल ¥याली, कञ्चनपुर जिल्लाको गड्डाचौकी, ब्रम्हदेव र भारतको बनवासा, टनकपुर इलाकामा अर्ध म्याराथुन दौड आयोजना गरिएको र जसमा नेपाल र भारतका गरी कुल ९ सय १० जना धावकहरुको सहभागिता रहेको थियो । यसै गरी प्रत्येक महिना सीमा सुरक्षा कार्यालयस्तरीय बैठक र प्रत्येक साता बीओपीस्तरीय ज्वाइन्ट पट्रोल नियमित रुपमा भइरहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबीचको समन्वयमा संयुक्त रुपमा परिचालित भई हात हतियारका एम्युनिशन र एक्सप्लोसिभहरु बरामद गर्ने कार्यमा सफलता मिलिरहेको छ । सीमा इलाकामा उपस्थिति अनुगमन र आपराधिक मनोवृत्तिका व्यक्तिहरुको मनोबल गिराइ आपराधिक क्रियाकलापहरुमा नियन्त्रण कायम गरी सीमावर्ती इलाकामा बसोबास गर्ने नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले वैद्यनाथ बाहिनी र मातहतका सम्पूर्ण इकाइहरुमा उपलब्ध जनशक्ति परिचालन गरी  'Boot on the ground along the International Border' भारतीय एसएसबीसमेतको समन्वयमा अभियानको रुपमा नियमित रुपमा सञ्चालन गरिएको छ । सीमा केन्द्रित यस्ता गतिविधिहरुको फलस्वरुप सीमा क्षेत्रमा देखापर्ने गरेका निम्नानुसारका उपलब्धीहरु हासिल हुन सफलता प्राप्त भएका छन् ।
(क) सीमा वारपार गर्ने नागरिकको सुविधालाई ध्यानमा राखी सीमा प्रवेशद्वार खुला रहने  समयावधि लम्ब्याइएको ।
(ख) मुद्रा सटही काउन्टरको व्यवस्थाका लागि अनुरोध गरी आंशिक रुपमा सफलता प्राप्त भई मुद्रा सटहीमा नेपाली नागरिकमाथि हुँदै आएको ठगी कार्यमा न्यूनीकरण गर्न सकिएको ।
(ग) विभिन्न आपराधिक गिरोहको गतिविधिमा निगरानी एवं नियन्त्रण कायम गरी सीमा नाकाबाट आवत जावत गर्ने नेपाली नागरिकहरुमाथि हुने गरेको ठगी तथा लुटपाटका घटनाहरुमा क्रमशः कमी हुँदै गएको ।
(घ) सीमा पिल्लरसम्बन्धी विवाद, नो मेन्स ल्याण्डमा हुने गरेको गैरकानुनी बसोबास तथा अन्य विवादहरु आपसी समझदारी र समन्वयको आधारमा समाधान गरिँदै आएको ।
(ङ) एपिएफ नेपाल र एसएसबि भारतको संयुक्त प्रयासमा हात हतियार, बिष्फोटक पदार्थ, लागूऔषध ओसार पसार तथा मानव बेचबिखन बिरुद्ध क्रियाशिल रहँदै निग्रानी एवं नियन्त्रण कार्यमा सफलता प्राप्त भएको ।
आन्तरिक ब्यवस्थापन तथा अपरेशनल कामकारबाही ः–
अनुशासन र पेशागत व्यवसायीकतामा निखारता ल्याउनका लागि यस बाहिनी लगायत मातहत ईकाइहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई शारीरिक सहिष्णुता, कवाज, क्वाटर गार्ड ड्रिल, हतियार सम्वन्धि, मानव अधिकार, लैङ्गिक हिंसा, बिपद् ब्यवस्थापन तथा अन्य पेशागत विषयहरुमा विभिन्न अवधिको अनुशिक्षण तालिमहरु सञ्चालन गर्नुका साथै समय–समयमा काउन्सिलिङ, ब्रिफिङ गर्ने कार्यलाई निरन्तरता दिइएको छ । विभिन्न समुदाय तथा शिक्षण संस्थाहरुमा समय–समयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यहरु गरी उद्धारमा खटिने वातावरणको सिर्जना गरिएको छ ।
राजमार्गलगायत अन्य विभिन्न ठाउँहरुमा अपहरण, बलात्कार, लुटपाट, चन्दा, आतंक, विस्फोटनका घटना जस्ता जघन्य अपराधका घटना हुन नदिन विभिन्न सुरक्षाका रणनीतिहरु अवलम्वन भइरहेको छ । सीमित श्रोत साधनको अधिकतम उपयोग गरी चाडपर्व दशंै, तिहार, छठको अवसरमा राजमार्गमा विभिन्न आपराधिक क्रियाकलापहरुमा न्यूनीकरण गर्नका लागि राजमार्ग सुरक्षा योजना तयार गरी सुरक्षा प्रदान गरिएका छन् भने आईआरटीलाई २४ सै घण्टा राजमार्गमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ । 
सुदूरपश्चिम क्षेत्रमा भए गरेका विपद्का घटनाहरुमा सशस्त्र प्रहरी बलले आफ्नो स्रोत साधनको अधिकतम उपयोग गर्दै स्थानीय समुदायको समेत सहयोगमा उत्कृष्ट कार्य गर्दै जनताको मन मस्तिष्क जित्न सफल भएको छ । 
शान्ति, सुरक्षा, विपद् व्यवस्थापन, सीमा सुरक्षा, महत्वपूर्ण प्रतिष्ठान, महत्वपूर्ण व्यक्तिको सुरक्षा, राजश्व तथा भन्सार सुरक्षा जस्ता महत्वपूर्ण कार्यमा नविनतम सोचका साथ काम भएका छन् । यसैगरी सशस्त्र प्रहरी कर्मचारीको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्दै अनुशासित, लगनशील र कर्तव्यबोधका साथ राज्यद्वारा प्रदत्त जिम्मेवारी निर्वाहको प्रयासहरु भइरहेका छन् ।