26 May Friday, 2017

Breaking News:

News

पश्चिम सेती किन ?

डा. गुणाकर भट्ट
पश्चिम सेती जल विद्युत आयोजनाको चर्चा चल्न थालेको दई दशक पुगीसकेको छ । बझांग, बैतडी, डडेल्धुरा र डोटी जिल्लाको सीमाना भएर बग्ने सेती नदीको उपयोग गर्दै विद्युत उत्पादन गर्न निर्माण गर्ने भनिएको यस आयोजनाको वातावरणीय मूल्यांकन सन १९९७ मा नै शुरु गरिए पनि कार्यान्वयन अगाडि बढन सकेको छैन । लामो समयसम्म अष्टूेलियन कम्पनी स्नोई माउन्टेनले निर्माण गर्ने भनिएपनि पश्चिम सेतीको काम अगाडि बढन सकेन् । पछिल्लो समय नेपाल विद्युत प्राधिकरण समेतको सहभागितामा चीनिया कम्पनी थ्री गोर्जेले निर्माण गर्ने भन्ने विषय पनि चर्चामै सीमित छ ।  
नेपालको बस्तु तथा सेवा आयातमा उर्जाको हिस्सा बढदै गएको परिप्रेक्ष्यमा पश्चिम सेती जस्ता राष्टिूय महत्वका आयोजनाको आवश्यकता टड्कारो बन्दै गएको छ । बिगत केही वर्षयताका तथ्याङ्क हेर्दा नेपालको पेटूोलियम पदार्थ आयातमात्रै रु एक सय अर्ब नाघेको छ । पाँच महिना लामो नाकाबन्दी हुँदाहुँदै पनि गत आर्थिक वर्षमा रु ६५ अर्बको पेट्रोलियम पदार्थ औपचारिक रुपमा नै आयात भएको थियो । त्यस भन्दा पहिलेका दुई आर्थिक वर्षमा क्रमशः रु. १३४ अर्ब र रु. ११२ अर्बको पेट्रोलियम पदार्थ आयात गरियो । पेट्रोलियम पदार्थको बिकल्पको रुपमा बिद्युत प्रयोग बढाउनु पर्नेमा नेपालले आफ्नो बिद्यमान बिद्युत आपूर्तिको एक तिहाई भन्दा बढी भारतबाट नै आयात गरी रहेको छ । 
गत आर्थिक वर्षमा आपूर्ति भएको कूल बिद्युत मध्ये ३४ प्रतिशत भारतबाट नै आयात गरिएको थियो । भारतबाट आयात गरेर पनि जाडो मौसममा करिब सात सय मेगावाट न्यून हुने गर्दछ । आगामी दिनमा नेपालको अर्थतन्त्रको विस्तार र अन्य पूर्वाधारको विकाससंगै बिद्युतको माग बढने निश्चित छ । तर उल्लेखनीय पक्ष के हो भने पश्चिम सेती आयोजना 
देशमा विद्यमान उर्जा संकट समाधान  गर्नमात्र नभएर अन्य दृष्टिकोणले समेत महत्वपूर्ण देखिन्छ । 
नेपालको जल विद्युत विकासको इतिहास हेर्दा एउटै क्षेत्र र स्थान वरपरमात्र ठूला जल विद्युत आयोजनाको निर्माणलाई केन्द्रित गर्ने पवृत्ति देखिन्छ । हाल संचालनमा रहेका र निर्माणोन्मुख जल विद्युत आयोजनाहरु पनि मध्यमाञ्चल क्षेत्र र यसैको वरिपरि बढी केन्द्रित छन् । तसर्थ पश्चिम सेतीको महत्व विद्युत उत्पादनमा हुन सक्ने समग्र भौगोलिक जोखिम विविधीकरणका लागि समेत देखिन्छ । नेपालमा उर्जाको मुख्य स्रोत जलविद्युत नै हो । संसारका बिकसित र तुलनात्मक रुपमा सहजै पेट्रोलियम पदार्थ उपलव्ध हुन सक्ने देशहरु पनि वातावरणीय पक्षलाई समेत ध्यानमा राख्दै विद्युतको प्रयोग बढाउने अभियानमा लागि रहेको समयमा नेपालले उर्जाको आपूर्तिमा कुनै व्यवधान नहुने गरी जल विद्युतको विकास गर्नु पर्छ भन्ने धारणा निर्विवाद छ ।
विगत केही समययता नेपालमा जलविद्युत विकासका लागि निकै धेरै बहस तथा छलफल भइरहेका र प्रक्रिया समेत अगाडि बढेका छन् । तथापि अधिकांश चर्चा र बहसहरु भौगोलिक जोखिम विविधीकरणसहित आयोजना विकास गर्नेतर्पm केन्द्रित भएका छैनन् । केही समय अघि कम्पनी मोडलमा शुरु गर्ने भनि सार्वजनिक गरिएका अधिकांश आयोजनाहरु पनि एउटै क्षेत्र र स्थानमा केन्द्रित छन् । बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक बिपत्तिले एउटै क्षेत्रमा केन्द्रित विद्युत आयोजनाहरुमा क्षति पुग्न गएमा मुलुकको अर्थतन्त्र र आम जनजीवनमात्र ठप्प हुने होइन । 
यसको प्रत्यक्ष प्रभाव तत्काल गर्नुपर्ने राहत, उद्दार र उपचारमा समेत पर्ने हुन्छ । यस प्रसङ्गमा विद्युत उत्पादनमा उत्पन्न हुन सक्ने केन्द्रिकृत भौगोलिक जोखिमलाई न्यूनीकरण गर्नका लागि समेत पश्चिम सेती जलविद्युत परियोजनाको आवश्यकता बढेको छ ।
पश्चिम सेतीको अर्को आवश्यकता भनेको मुलुकको सबैभन्दा बढी गरिब घरपरिवार बस्ने क्षेत्रको विकास र समृद्धिलाई गति दिनका लागि हो । नेपाल जीवनस्तर सर्वेक्षण २०६७÷६८ ले सबैभन्दा उच्च गरिब रहेका भनिएका १० जिल्लाहरु मध्ये सुदूरपश्चिममा मात्रै ६ जिल्ला अर्थात् बाजुरा, बझाङ्ग, दार्जुला, डोटी, अछाम र बैतडी पर्दछन् । पश्चिम सेती आयोजना प्रारम्भ हुनासाथ यस क्षेत्रको गरिबी दर घटाउन र गरिब घर परिवारलाई गरिबीको दुश्चक्रबाट बाहिर निकाल्न ठूलो मद्दत पुग्ने निश्चित छ । आयोजनाको काम शुरु हुनासाथ यस क्षेत्रमा सडक, स्कूल, अस्पताल, व्यापारिक केन्द्र आदिको विकास हुने हुन्छ । सेवाजन्य संस्थाको स्थापनासँगै तरकारी तथा फलपूmल खेती, व्यावसायिक पशुपालन र समग्र कृषि क्षेत्रको विकासमा मद्दत पुग्ने हुन्छ । आयोजनाहरु सँगसँगै सुदूर–पश्चिमाञ्चलमा व्यावसायिक खेतीको विकासका लागि सरकारी तवरबाट विशेष कार्यक्रम प्रारम्भ गर्ने हो भने यो क्षेत्र बस्तुभाउ, खाद्यान्न, फलपूmल तथा तरकारीमा आत्मनिर्भर बन्न सक्दछ र यसले आयात प्रतिस्थापन गर्न समेत सहयोग पुग्ने देखिन्छ ।
पश्चिम सेती विद्यतु आयोजना सँगसँगै सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुको विकास भई मुलुककै पर्यटन उद्योगले फष्टाउने अवसर पाउने छ । चर्चित खप्तड क्षेत्रको विकासका लागि समेत पश्चिम सेती आयोजना आवश्यक देखिन्छ । सुदरपश्चिमको सदरमुकाम डोटीबाट खप्तड जोडने केबल कार निर्माण गर्ने हो भने खप्तड नेपालकै नमूना पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । पश्चिम सेतीको निर्माणले खप्तड मात्र नभई बडी मालिका, शैलेश्वरी, उग्रतारा, त्रिपुरा सुन्दरी, मल्लिकार्जुनजस्ता सांस्कृतिक, धार्मिक महत्वका क्षेत्रको बिकास हुने र यस मार्फत भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन सजिलो हुने हुन्छ । यस बाहेक बझाङ्गको ताक्लाकोट हुँदै मानसरोवर जानेहरुका लागि सडक यातायातको विस्तार गर्न तथा नेपाली भाषा, संस्कृति र सभ्यताको उदगम मानिएको सुदूर पश्चिम क्षेत्रको दीगो बिकास गर्न पश्चिम सेती विद्युत आयोजनाले उत्प्रेरकको भूमिका खेल्न सक्छ ।
धार्मिक र पर्यटकीय विकासका लागि मात्र नभई सुदूर र मध्यपश्चिम क्षेत्रको जैविक र भौगोलिक विविधतालाई आर्थिक उन्नतिको माध्यम बनाउन पनि पश्चिम सेती आयोजनाको महत्व छ । अन्न भण्डारका रुपमा रहेका कैलाली र कञ्चनपुरको अन्न उत्पादनकै लागि अधिकतम उपयोग गर्ने र पहाडी क्षेत्रलाई जडीबुटी उत्पादन एवम् प्रशोधन, पशुपालन, शैक्षिक, आयुर्वेदिक तथा पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न पनि पश्चिम सेती आयोजनाले सहयोग पु¥याउने सम्भावना छ । 
उत्पादित विद्युतको स्थानीय खपत सम्बन्धी दीर्घकालीन सम्भावनालाई माथि भनिए झै पूंजीकृत गर्ने बिषयलाई तत्काल कार्यान्वयन गर्न नसकिए पनि आयोजना क्षेत्रसंगै जोडिएका भारतका उत्तर प्रदेश र उत्तराखण्डमा विद्युत निर्यात गरी भारतसंग बढदै गएको विद्युत व्यापार घाटा समेत कम गर्ने अवसर प्राप्त हुने देखिन्छ । गत वर्षको पाँच महिना लामो सीमा नाका अवरोधपछि भारतसंगको अत्यधिक निर्भरता घटाउदै अन्तर–निर्भरता बढाउनु पर्ने भन्ने धारणालाई यथार्थमा बदल्न पनि पश्चिम सेती सहायकसिद्ध हुन सक्छ । 
नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी बिबिधीकरणकालागि समेत पश्चिम सेती उपयुक्त अवसर हो । नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा हालसम्म भारतको नै ठूलो हिस्सा रहदै आएको छ । चर्चामा आएझै चीनिया कम्पनीको ठूलो लगानी भित्र्याउन पनि पश्चिम सेतीलाई तत्काल अगाडी बढाइनु आवश्यक छ । 
अन्त्यमा, विद्युत उत्पादनमा देखिएको केन्द्रीकृत भौगोलिक जोखिम विविधिकरण गर्न, देशको सबैभन्दा बढी पिछडिएका क्षेत्रका जनतालाई विकासको मूल प्रवाहमा समाहित गर्न, गरिबी निवारण गर्न र रोजगारीका दीगो अवसर सृजना गर्न पनि पश्चिम सेती आयोजना कार्यान्वयन गर्नु पर्ने भएको छ । पूंजीगत खर्च हुन नसकी सरकारको ढुकुटीमामात्रै करिब रु २०० अर्ब रहेको अवस्थामा विभिन्न कोणबाट रणनीतिक महत्व बोकेको पश्चिम सेती आयोजना कार्यान्वयनगर्न बिलम्व गरिनु हँुदैन । सतप्रतिशत वैदेशिक लगानी, सतप्रतिशत नेपाल सरकारको लगानी वा निजी–सार्वजनिक लगानी मध्येको जुनसुकै बिकल्प अपनाएर भएपनि पश्चिम सेती आयोजना निर्माण गर्नु सन्तुलित क्षेत्रिय बिकासका लागि समेत मुलककै आवश्यकता र प्रतिष्ठाको विषय हो ।