26 May Friday, 2017

Breaking News:

News

जातीय विभेद विरुद्धको सन्देश छोई छिटोमा

कैलालीका स्थानीय कलाकारले जातीय विभेद विरुद्धको सन्देश दिने लघु चलचित्र ‘छोई छिटो’ निर्माण गरेका छन् । 
समाजमा विद्यमान जातीय तथा महिनावारी भएपछि महिलामाथि गरिने विभेद विरुद्ध चेतना फैलाउने उद्देश्यले ४५ मिनेटको लघु चलचित्र बनाएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको शनिबार धनगढीमा प्रिमियर शो गरिएको छ । 
छोई छिटोले समाजमा विद्यमान कुसंस्कार तथा कुरीतिको यथार्थ चित्रण गर्दै विभेद हटाउन र सामाजिक जनचेतना फैलाउनमा सहयोग पु¥याउने चलचित्रका निर्देशक करन बिकले विश्वास व्यक्त गरे । 
पत्रकार सीताराम ओझाले निर्माण गरेको चलचित्रमा करन बिक, सीताराम ओझा, सुरेश भट्ट, रमिला कार्की, रामु जी रोईला, मीना सोब, भद्धर बिष्ट लगायतकाले अभिनय गरेका छन् । सत्य घटनामा आधारित भएर रमेश पालले लेखेको चलचित्रको छायाङ्कन मुकेश चौधरीले गरेको जनाइएको छ । 
कैलालीको गेटा, धनगढीलगायतका क्षेत्रमा छायांकन गरिएको चलचित्रको प्रदर्शन धनगढीलगायत मुलुकको विभिन्न स्थान तथा विदेशमा पनि गरिने निर्देशक विकले जानकारी दिए ।  
केएस र आस फिल्मस्को ब्यानरमा बनेको चलचित्रमा विवेक पाण्डेयको पाश्र्व सङ्गीत रहेको छ ।