26 May Friday, 2017

Breaking News:

News

समर्पण देशभरी रिलिज हुने

 
नेपाली कथानक चलचित्र समर्पण पुष १५ गतेदेखि देशभर एकसाथ रिलिज हुने भएको छ । 
चलचित्र निर्माण पक्षले धनगढीमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रको निर्माण सम्पुर्ण काम पुरा भईसकेको जनाएको छ । चलचित्रको अहिले प्रचार प्रसारको काम भईरहेको छ । 
फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रालिको व्यानरमा निर्माण भएको समर्पण चलचित्रको कथाबस्तुमा युवायुवतिकोहरुको प्रेमका बारेमा सन्देश दिन खोजिएको चलचित्रका प्रस्तुतकर्ता रोजन रखबवाल मगरले जानकारी दिए । उनले आफुले यसअघि पाँच वटा चलचित्र निर्माण गरिसकेको जानकारी दिए । चलचित्रमा स्वदेश तथा विदेशका पर्यटकीय स्थलहरुमा छायाकन गरिएको छ । 
चलचित्रका निर्माता ईमरान सिद्धिकी रहेका छन् । चलचित्रको नायकको रुपमा रोजन रखवाल र धनगढीका अमृत शाही रहेका छन भने नायीकामा रञ्जु शर्मा र रुबी शर्मा रहेका छन् । चलचित्रमा टिकाराम रखवाल मगरको लेखन तथा बसन्त निरौलाको निर्देशन रहेको छ । 
यस्तै, कुमार महर्जनको द्धन्द्ध रहेको चलचित्रमा टंकबुढाथोकी र निता थापाले संगित दिएका छन् । करिब १ करोडको लागतमा चलचित्रको निर्माण भएको जनाइएको छ ।