26 May Friday, 2017

Breaking News:

News

image not found

ओई झुमामा झुमे दर्शक

विदाको दिन मंगलबार सुदूरपश्चिम महोत्सव स्थल दर्शकले भरिभराउ थियो । उद्घोषकको समेत भूमिका निर्वाह गरिरहेका हास्य कलाकार राजा राजेन्द्रले दिउँसो गायक प्रमोद खरेललाई मञ्चमा निम्त्याए ।
उद्घोषकले प्रमोद खरेलको नाम लिनासाथ दर्शकले ‘हुटिड्ड’ गर्न शुरु गरिसकेका थिए । खरेलले मञ्चबाट हात हल्लाएर दर्शकलाई अभिभावदन गरे । आफ्ना नयाँ र पुनारा गरि आधा दर्जन बढी गीत गायका गायक खरेलले मञ्चमा रहँदासम्म खचाखच भरिएको दर्शक दीर्घाबाट राम्रो साथ पाए ।
‘ओई झुमा झुम्कावाली’ बोलको गीतमा रुमाल र हात हल्लाएर गायकसंगै दर्शकले पनि गीत गाए । उनले गायका अन्य गीतहरुमा पनि दर्शक झुमे, गाए र नाचे । ओई झुमा, मेरो दिल छ पोखरामालगायत आधा दर्शन गीतमार्फत उनले दर्शकलाई भरपुर मनोरञ्जन दिलाए ।
त्यसअघि हास्य कलाकार राजा राजेन्द्रले हास्यव्यंग्य प्रस्तुत गरेका थिए । अन्य कलाकारहरुको गीत, नृत्यसमेत प्रस्तुत गरिएको थियो । विदाको दिन भएकाले महोत्सवमा मंगलबार दर्शकको घुँइचो लागेको थियो ।
मंगलबार ३० हजार भन्दा बढीले महोत्सव अवलोकन गरेका अनुमागन गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले जानकारी दिए । उनले हालसम्म महोत्सवमा स्टलबाटमात्र ६ करोड रुपैया भन्दा बढीका कारोबार भएको उनले बताए ।
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भईरहेका महोत्सवको हालसम्म २ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका अनुमान संघले गरेको छ । मंसिर २२ गतेदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म संचालन हुने छ ।