26 May Friday, 2017

Breaking News:

News

भादामा थारु होमस्टे गाउँ महोत्सव हुने

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । 
स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि पुस १७ देखि २१ गतेसम्म महोत्सव हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । महोत्सवमा थारु समुदायको नाचगान तथा थारु सङ्ग्रहालय आकर्षणको केन्द्रबिन्दु रहने आइतवार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । 
४२ वटा स्टल रहने महोत्सवमा थारु खानाका परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझ्रा, कचरिक बरिया, घोङ्घी, सुतही लगायतको परिकार पाइने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए । 
महोत्सव अवधिभरी सखिया, झुम्रा, मघौटा, लट्ठी, मुङ्ग्रहवा, हुर्दङ्ग्वा लगायत परम्परागत सहित आधुनिक नाच र विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । यस्तै, वाणबाट भाले निशाना, भलाद्मी दौड लगायतका खेलकुद पनि हुने अध्यक्ष चौधरीले जानकारी दिए । 
पर्यटन वर्ष २०११ को अवसर पारेर २०६७ पुस १७ गतेबाट भादामा थारु होमस्टे सञ्चालनमा ल्याइएको थियो । होमस्टे सञ्चालनसंगै प्रत्येक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव सञ्चालन गर्दै आएको आयोजकले जानकारी दिएको छ । 
भादामा होमस्टे सञ्चालन भएको सात वर्षमा आन्तरिक तथा बाह्य गरी ३७ हजार पर्यटकले होमस्टे अवलोकन गरेको र हालसम्म एक करोड ४० लाख रुपिया बराबरको आर्थिक कारोबार भएको समितिका अध्यक्ष चौधरीले जानकारी दिए । 
सदरमुकाम धनगढीबाट करिब ८ किलोमिटरको दूरीमा रहेको भादा होमस्टे गाउँमा १९ घरमा होमस्टे सञ्चालन छन् । थारु समुदायको मौलिक संस्कृति, संस्कारको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होमस्टे सञ्चालन गरिरहेको समितिले जानकारी दिएको छ । 
सत्र पोका ब्राउन सुगर सहित ६ जना पक्राउ
क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटेको प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले आइतवार कैलालीको लम्कीचुहा नगरपालिकाबाट १७ पोका लागू औषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । 
लागू औषध दुव्र्यसन नियन्त्रण अप्रेशनका क्रममा प्रहरीले लम्कीचुहा नगरपालिकाबाट ७ पोका ब्राउन सुगर सहित सोही ठाउँका २५ वर्षीय नरेश श्रेष्ठ र ३१ वर्षीय जनक मिजारले पक्राउ गरेको जनाएको छ । त्यस्तै, चिसापानी स्थित पुरानो बजारबाट १० पोका ब्राउन सुगर सहित चिसापानीका २५ वर्षीय हिमाल शाही, २३ वर्षीय मनोज महतो, २६ वर्षीय टेकबहादुर राना र मसुरिया २ मनकापुरकी १९ वर्षीया सुशिला थापालाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय लम्की र चिसापानीमा राखिएको जनाइएको छ ।