26 May Friday, 2017

Breaking News:

News

image not found

फुलमान चौधरी यूएनको विज्ञ सदस्यमा नियुक्त

धनगढी । संयुक्त राष्ट्र संघीय आदिवासी जनजाति स्थायी मञ्चले दक्षिण एसियाबाट नेपालका फुलमान चौधरीलाई मञ्चको विज्ञ सदस्यमा नियुक्त गरेको छ । कञ्चनपुरबासी चौधरीलाई यूएन आदिवासी जनजाति स्थायी मञ्चले आजदेखि औपचारिक रुपमा विज्ञ सदस्य नियुक्त गरेको हो । 
उनको पदावधि आगामी सन २०१९ सम्म रहने जनाइएको छ । यसैबीच, कञ्चनपुरमा आयोजित एक कार्यक्रममा चौधरीले नेपालले यूएनको पक्षराष्ट्र भइ गरेका विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुको अब समिक्षा गर्नु पर्ने बताएका छन् । उनले यूएनड्रीप र आइएलओ १६९ आदिवासी जनजातिका सवालहरुलाई सम्वोधन गर्ने सन्धि सम्झौताहरु रहेको बताए । यी सन्धि सम्झौताहरु नेपाल सरकारले करिक एक दशक अघि नै सम्झौता गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपालका आदिवासीहरुले धेरै किसिमका अधिकारहरुबाट वञ्चित हुनु परेको उनको भनाइ थियो ।