26 May Friday, 2017

Breaking News:

News

अत्तरिया महोत्सव आजबाट

कैलालीको अत्तरियामा सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ आजबाट शुरु हुँदैछ । महोत्सवको सबै तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरेर आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जानकारी द्यिएको छ ।
संघका अध्यक्ष ललित रोकायाले पत्रकार सम्मेलनमा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको उल्लेख गर्दै वन तथा भू–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । लघुउद्यम, कृषि, पर्यटन, जडिबुटी, जलविद्युत, व्यापार तथा सांस्कृतिक प्रदर्शनिका लागि महोत्सव संचालन गर्न लागिएको उनले बताए ।
अत्तरिया बजार नजिकै रहेको लामीताल क्षेत्रमा हुने महोत्वमा उक्त तालमा ¥याप्टिड्ड, रेसलिड्ड, राउटे समुदायको स्टल, कृषि प्रदर्शनी आदि महोत्सवका मुख्य आकर्षण रहने आयोजकको भनाई छ । सुदूरपश्चिममै पहिलो पटक महोत्सवमा रेसलिड्ड देखाउन लागिएको अध्यक्ष रोकायाले बताए ।
यस्तै स्थानीय कला, संस्कृति, भेषभूषा एवम खानपानको प्रदर्शनी, स्थानीय उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शनी, कृषिजन्य उत्पादन तथा जडिबुटिको प्रदर्शनी राखिने बताइएको छ । महोत्सव संचालन हुने अवधिभर सांस्कृतिक एवं सांगितिक कार्यक्रमसंगै बक्सिङ प्रतियोगितासमेत संचालन हुने आयोजकको भनाई छ । 
महोत्सवको प्रदर्शनी स्थलमा कृषि उपज, अटोमोबाईल्स, सुचना प्रविधि, जटिबुटी, स्थानीय खाद्य परिकार, फोटो प्रदर्शनीलगायतका २ सय ५० भन्दा बढी स्टलहरु रहने उद्योग वाणिज्य संघ अत्तरियाले जनाएको छ । महोत्सवमा अनुमानित ३ लाख दर्शकले अवलोकन गर्ने र ६ करोड रुपैया बराबरको आर्थिक कारोवार हुने अनुमान आयोजकले गरेको छ ।