26 May Friday, 2017

Breaking News:

News

अत्तरिया क्षेत्रीय महोत्सव शुरु

 
कैलालीको अत्तरियामा सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव शुरु भएको छ । अत्तरिया उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सवको बुधबार एक कार्यक्रमका बीच वन तथा भू–संरक्षण राज्य मन्त्री दीर्घराज भाटले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री भाटले अत्तरिया क्षेत्रको विभिन्न संभावना उजागर गर्नमा महोत्सवको महत्वपूर्ण भूमिका रहने बताए । क्षेत्र नम्बर ५ बाट विजयी सँंसदसमेत रहेका राज्यमन्त्री भाटले अत्तरिया सुदूरपश्चिमको प्रवेशद्धारका रुपमा रहेको अत्तरिया क्षेत्रमा विकासका प्रशस्त संभावना रहेका बतँए ।
उनले अत्तरियालगायत क्षेत्र नम्बर ५ को विकासका लागि आफूले पहल गरिरहेको भन्दै केही योजनाको काम अगाडि बढेको बताए । उद्घाटनमा राज्यमन्त्री भाटलाई चार किलोको माला लगाइएको थियो ।
संघले विगतदेखि गर्दै आएका अत्तरियाको विकाससंग सम्बन्धित मागहरु पुरा हुन नसकेकाले चार बुँदे मागसहित किलोको माला पहि¥याइएको संघले जनाएको छ । 
लघुउद्यम, कृषि, पर्यटन, जडिबुटी, जलविद्युत आदिको संभावना उजागर र व्यापार तथा सांस्कृतिक प्रदर्शनिका लागि महोत्सव संचालन गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त रोकायाले बताए । अत्तरिया बजार नजिकै रहेको लामीताल परिसरमा संचालन भईरहेको महोत्सवका क्रममा उक्त तालमा ¥याप्टिड्ड गर्न पाइने छ ।
यस्तै महोत्सवमा रेसलिङ हेरेर आनन्द लिन सकिने संघले जनाएको छ । सुदूरपश्चिममा पहिलो पटक अत्तरिया महोत्सवमा रेसलिङ देखाइने संघको दावी छ । 
राउटे समुदायको स्टल, कृषि प्रदर्शनी आदि महोत्सवका मुख्य आकर्षण रहने आयोजकको भनाई छ । सुदूरपश्चिममै पहिलो पटक महोत्सवमा रेसलिड्ड देखाउन लागिएको अध्यक्ष रोकायाले बताए । स्थानीय कला, संस्कृति, भेषभूषालाई प्राथमिकता दिइएको उनले बतँए ।
यस्तै स्थानीय उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शनी, कृषिजन्य उत्पादन तथा जडिबुटिको प्रदर्शनी महोत्सवमा राखिएका छन् । महोत्सवमा सांस्कृतिक एवं मनोरञ्नात्मक कार्यक्रमहरु भईरहेका अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ ।
 कृषि उपज, अटोमोबाईल्स, सुचना प्रविधि, जटिबुटी, स्थानीय खाद्य परिकार, फोटो प्रदर्शनीलगायतका साढे २ सय ५० भन्दा बढी स्टल रहेका छन् । महोत्सवमा अनुमानित ३ लाख दर्शकले अवलोकन गर्ने र ६ करोड रुपैया बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको महासचिव अशोकराज देवकोटाले बताए ।
महोत्सवको उद्घाटनपूर्व अत्तरिया बजार क्षेत्रमा बाजागाजा सहितको ¥याली निकालिएको थियो । उद्घाटन सत्रमा बडाल चौलो, छलिया नाचलगायत विभिन्न समुदायका झाँकीहरु प्रदर्शन गरिएका थिए । लघु–उद्यम, कृषि, पर्यटन, जडिबुटि, जलविद्युत व्यापार तथा सांस्कृतिक प्रदर्शनीका लागि आयोजना गरिएको महोत्सव माघ ९ गतेसम्म संचालन हुने छ ।