26 May Friday, 2017

Breaking News:

News

image not found

धनगढीमा सामे ट्याक्टरको अत्याधुनिक सर्भिस सेन्टर

कैलालीको धनगढीमा सामे ट्याक्टरको शोरुम तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम संचालनमा आएको छ । 
विश्वप्रसिद्ध इटालियन ब्राण्डका सामे ट्याक्टरको सुदूरपश्चिमका लागि आधिकारिक बिक्रेता दिनेश गु्रप अन्तरगत दिनेश ट्याक्टरले शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको हो । कृषिमन्त्री गौरीशंकर चौधरीले शनिबार शोरुम र सर्भिस सेन्टरको एक कार्यक्रमका बीच उद्घाटन गरे ।
सो अवसरमा मन्त्री चँैधरीले कृषिमा यान्त्रिकीकरण आवश्यक रहेको औंल्याए । कृषिलाई यान्धिकीकरणका माध्यमबाट व्यवसायीक बनाउनुपर्नेमा मन्त्री चौधरीले जोड दिए ।
नेपाल कृषिप्रधान देश भए पनि जग्गाको खण्डिकरण, आवसिय क्षेत्रको विस्तार, बेमौसमी खेतीपातीको कमी तथा कृषिमा प्रविधि तथा आधुनिकीकरणको अभावले गर्दा नेपालको कृषि क्षेत्र परनिर्भर हुँदै गइरहेको भन्दै मन्त्री चौधरीले कृषिमा परभिर्नरता घटाउन नयाँ प्रविधि र लगानीको आवश्यकता रहेको धारणा राखे ।
दिनेश गु्रपका कार्यकारी प्रमुख श्याम हमालले शोरुमका ३५ एचपीदेखि ६० एचपीसम्मका ट्याक्टर उपलब्ध रहेका बताए । यस्तै ट्याक्टरका पार्टपुर्जाका साथै दक्ष एवं तालिम प्राप्त मेकानिक्सद्धारा सर्भिसिङ्गिको सुविधा रहेको जानकारी दिए ।
सामे ईण्डियाका उपमहाप्रबन्धक मिलन्द देशमुखले सामे ट्याक्टर विश्वको पहिलो डिजल ईन्जिनयुक्त ट्याक्टरको निर्माता कम्पनी भएको र यस कम्पनीले नयाँ– नयाँ प्रविधिलाई जोड दिदैं आएको बताए ।