26 May Friday, 2017

Breaking News:

News

image not found

लिटिल फ्लावर प्रिमियर लिग शुरु

धनगढी बोराडाँडीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबारदेखि विद्यालयस्तरीय लिटिल फ्लावर ईड्डलिस प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता अन्तरगत पहिलो दिन भएका दुई वटा खेलमा आयोजक लिटिल फ्लावर इड्डलिस बोर्डिड्ड स्कूल र ऐश्वर्य विद्या निकेतनले विजयी शुरुवात गरेका छन् । लिटिल फ्लावर र कैलाली विद्या निकेतनबीच भएको खेल लिटिल फ्लावरले ६५ रनले जितेको छ ।
टस जितेर ब्याटिड्ड थालेको लिटिल फ्लावरले १५ ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको थियो । लिटिल फ्लावरका मनोज कठायतले अविजित ५१ रनको योगदान गरे ।
१ सय १४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कैलाली विद्या निकेतन ४७ रनमा अलआउन भयो । खेलमा ५ विकेट लिएका लिटिल फ्लावरका रमेश रावत म्यान अफ द म्याच भए ।
अर्को खेल त्रिनगर उच्च माविलाई ५५ रनले हराउँदै ऐश्वर्य विद्या निकेतन विजयी भयो । टस जितेर ब्याटिड्ड थालेको ऐश्वर्यले दिएको १ सय ३२ रनको विजय लक्ष्य त्रिनगरले भेटाउन सकेन । ऐश्वर्यका राजन सिंहले ६५ र हृदयन्द्र बिठारीले अर्धशतक पुरा गरे । सिंह म्यान अफ द म्याच भए ।
कैलालीका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले बिहान एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरेका थिए । अध्यक्ष सिंह र कार्यक्रमका विशिष्ट अतिथि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शुवाश शाहीले विद्यालय स्तरीय प्रतियोगिताले तल्लो तहमा क्रिकेटको विकासमा योगदान पुग्ने धारणा राखेका थिए ।
धनगढी भन्सार रोडस्थित लिटिल फ्लावर ईड्डलिस बोर्डिड्ड स्कूलको आयोजनामा शुरु भएको प्रतियोगिता यही माघ १६ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा धनगढीका ३ वटा सामुदायिक विद्यालयसहित १४ र कञ्चनपुरको बेलौरीका दुई वटा गरि १६ वटा विद्यालयका टीमको सहभागिता रहने बताइएको छ ।
  २०–२० ‘फम्र्याट’मा भईरहेको प्रतियोगिता विजेताले ट्रफिसहित ३० हजार र उपविजेताले १५ हजार रुपैया नगद पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याड्स म्यान, म्याद अफ द टुर्नामेण्ट, उत्कृष्ट बलर, फिल्डरलगायत विभिन्न विधाका खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिइयो ।
आयोजक लिटिल फ्लावर ईड्डलिस बोर्डिड्ड स्कूलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीले विद्यालयस्तरबाटै क्रिकेट खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटनमा प्रतियोगिताले सहयोग गर्ने अपेक्षा लिइएको उनले बताए । होटेल डिभोटी, सिप्रदी टे«डिड्ड र सुरज गु्रप प्रतियोगिताका प्रयोजक रहेका छन् ।