26 May Friday, 2017

Breaking News:

News

ऐश्वर्य र आयोजक विजयी

 
धनगढी भन्सार रोडमा रहेको लिटिल फ्लावर बोर्डिड्ड स्कूलको आयोजनामा बोराडँँडीस्थित फाप्ला क्रिकेट मैदानमा जारी लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएका दोश्रो चरणका खेलमा आयोजक विद्यालय र ऐश्वर्य विद्या निकेतन विजयी भएका छन् ।
ब्रोड भिजन इन्टरनेश्नल स्कूललाई ८ विकेटले पराजित गर्र्दै लिटिल फ्लावर विजयी भएको हो । टस जितेर पहिले ब्याटिड्ड शुरु गरेको ब्रोड भिजनले १७.२ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनाएको थियो । ब्रोड भिजनका लागि कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सबै भन्दा बढी लोकेश शाहीले ९ रन बनाएका थिए । उक्त खेलमा लिटिल फ्लावरका प्रेम बमले ४ विकेट लिए । यस्तै विजय कुमारले ३, किशोर न्यौपाने २ र भुपाल महराले १ विकेट लिएका थिए । 
५५ रनको विजय लक्ष्यसहित ब्याटिड्डमा उत्रिएको लिटिल फ्लावरले २ विकेट गुमाउँदै ८.४ ओभरमा जित हात पा¥यो । उसका लागि मनोज कठायतले १२ बलमा  ३२ रन तथा रमेश रावतले १० रनको योगदान दिए ।
ब्रोड भिजनका सन्दिप कार्की र रोहित बलायरले १–१ विकेट हात पारेका थिए । उक्त खेलमा म्यान आफ द म्याच लिटिल फ्लावरका प्रेम बम भए । 
यसैगरी आइतबार नै भएको दोश्रो खेलमा एभरेष्ट इङ्गलिस स्कूललाई हराउँदै ऐश्वर्य विद्या निकेतन विजयी भयो । टस जितेर ब्याटिड्ड गर्न मैदान उत्रिएको ऐश्वर्यले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । 
ऐश्वर्यका लागि हृदय बिथाडीले सर्वाधिक ३० रनको योगदान दिए । जवाफी ब्याटिड्ड थालेको एभरेष्ट ११ ओभरको खेलमा ५१ रन बनाउँदै अलआउट भएको थियो ।
यही माघ ५ गतेदेखि शुरु भएको प्रतियोगिता १६ गतेसम्म संचालन हुने छ । ३ वटा सामुदायिक विद्यालयसहित धनगढीका १४ र कञ्चनपुरको बेलौरीका दुई वटा गरि १६ वटा विद्यालयका टीमले प्रतियोगितामा सहभागिता रहेको आयोजकले जनाएको छ । 
प्रतियोगिताका विजेता टीमले ट्रफिसहित ३० हजार रुपैया नगद र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।