26 May Friday, 2017

Breaking News:

News

image not found

लिटील फ्लावर प्रिमियर लिगको उपाधि ऐश्वर्यलाई

धनगढी भन्सार रोडमा रहेको लिटील फ्लावर बोर्डिड्ड स्कूलको आयोजनामा भएको लिटील फ्लावर अन्तर विद्यालय प्रिमियर लिग क्रिकेट प्रतियोगिता ऐश्वर्य विद्या निकेतनले जितेको छ । 
बोराडाँडीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार दिउँसो भएको फाइनलमा कञ्चनपुर बेलौरीको विज्डम एकेडमीलाई ८ विकेटले हराउँदै ऐश्वर्यले शानदार जीत हासिल गरेको हो । जीतसंगै ऐश्वर्यले ट्रफिसहित ३० हजार रुपैया नगद हात पारेको छ ।
टस जितेर ब्याटिड्ड थालेको विज्डम एकेडेमीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ८६ रनमात्र बनायो । उसका लागि अभिषेक उपाध्यायले २३, हरिश बिष्टले १३ र अर्जुन चौधरीले १२ रनबाहेक अन्य ब्याड्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
 ऐश्वर्यको टीमका कप्तान नारायण जोशी, ब्याट्सम्यान सचिन वडायक र माधव ठगुन्नाले २÷२ विकेट लिए । ८७ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको ऐश्वर्यले १४.२ ओभर खेल्दै २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । 
ऐशवर्यका लागि ओपनर ब्याट्सम्यान राजन सिंहले सर्वाधिक नटआउट ३३ रन र कप्तान नारायण जोशीले २ छक्का र एक चौकाको मद्दतमा १७ रन जोडे । सिंह म्यान अफ द म्याच भए । 
प्रतियोगिताभर उत्कृष्ट बलिड्ड र ब्याटिड्ड गरेका ऐश्वर्यका कप्तान नारायण जोशी म्यान आफ द सिरिज भए । उनलाई भन्सार रोडमा रहेको रोड हाउस क्याफेको प्रायोजनमा नगद २ हजार प्रदान गरियो । 
यस्तै उत्कृष्ट फिल्डरको उपाधि एरिष्टो बोर्डिड्ड स्कूल धनगढीका अनिल थापा र उत्कृष्ट बलरको उपाधि विज्डम एकेडेमीका प्रकाश भाटले हात पारे । भाटलाई कैलोरी भेज मम धनगढीका तर्फबाट १० हजार रुपैया मूल्य पर्ने ब्याट पुरस्कार स्वरुप प्रदान गरियो । 
उपविजेतामै चित्त बुझाएको विज्डमले १५ हजार रुपैया पुरस्कार प्राप्त ग¥यो । होटल डिभोटी, सुरज ग्रुप, कैलोरी भेज मःम, रोडहाउस क्याफेले प्रतियोगिता प्रायोजन गरेका थिए ।
प्रतियोगिताका विजेता, उपविजेता टीम तथा विजेता खेलाडीलाई सांसद पुस्करनाथ ओझाले आईतबारनै एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरे । उनले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा खेल क्षमताको विकास गर्ने र यसले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको बताए ।
पछिल्लो समयमा धनगढीमा भईरहेका प्रतियोगिताहरुले खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनको भनाई थियो । आयोजकका अनुसार प्रतियोगितामा धनगढी र बेलौरीका गरि १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
विद्यार्थीलयस्तरबाटै राम्रा खेलाडी उत्पादन गर्न र विद्यार्थीहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको लिटिल फ्लावर इग्लिस स्कूलका प्रधानाध्यापक रामचन्द्र शाहीले बताए । उनले आगामी वर्षहरुमा प्रतियोगितालाई निरन्तरता दिइने र पुरस्कार राशी बढाइने बताए ।
समापन कार्यक्रममा पत्रकार मोहन जोशी, नवराज पनेरु, गगन अयडी र कर्ण शाहलाई सम्मान गरिएको थियो । आयोजक विद्यालयका सहायक प्रिन्सिपल कलेन्द्र शाहीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।