26 May Friday, 2017

Breaking News:

News

एघार वर्षीया आयुष्माको अनौठो प्रतिभा

 
कैलालीका एक विद्यार्थीले दुई विधामा विश्व रेकर्ड कायम गर्ने तयारी गरेकी छन्  । 
घोडाघोडी नगरपालिका सुख्खड बस्ने ११ वर्षीया आयुष्मा न्यूरेले सबैभन्दा छिटो उल्टोबाट रोमन अंक भनेर र ५ सेकेण्डमा विभिन्न १५ वटा देशका नाम वाचन गरेर गिनिज बुक अफ द वल्र्डमा नाम लेखाउने जमर्को गरेकी हुन । मंगलवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयुस्माले आफ्नो प्रतिभा प्रस्तुत गरेर उपस्थित सबैलाई चकित पारिन । उनले ४१ सेकेण्डमा उल्टोबाट सय देखि १ र ५ सकेण्डमा विभिन्न १५ देशका नाम सजिलैसंग वाचन गरे । 
यो प्रतिभा देखाएर गिनीज बुक अफ द वल्र्डमा नाम लेखाउनका लागि आफूले दुई हप्तादेखि तयारी गरिरहेको उनल बताइन् । न्यूरे काठमाडौंको लिटिल एन्जल्स सेकेण्डरी स्कूलमा कक्षा ५ मा अध्ययनरत छिन् । विद्यालयमा पनि उनको प्रस्तुति उत्कृष्ट रहेको जनाइएको छ । उनकी आमा पार्वती न्यूरेले छोरीले विश्व रेकर्ड कायम गर्ने तयारी गरेपछि खुशी लागेको बताइन । प्रत्येक अभिभावकले आफ्नो छोराछोरीको प्रतिभाको पहिचान गर्दै उनीहरुको सफलतामा साथ दिन आवश्यक रहेको पार्वतीको भनाइ छ । 
२ वटा विधामा विश्व रेकर्ड प्रमाणपत्र पाइसक्नुभएका कैलालीकै भरत बिष्टको सहयोगमा आयुष्माले आफ्नो प्रतिभा तिखारी रहेकी छन् । विष्टले यहाँका ३ जना विद्यार्थीलाई पनि विभिन्न विधा अन्तर्गत गिनीज बुक अफ द वल्र्डमा नाम लेखाउन सहयोग गरेका छन् ।