26 May Friday, 2017

Breaking News:

News

साउदीसँग तेल मागेको थाहा छैन

साउदी अरब( नेपालले साउदी अरब सरकारसँग पेट्रोलियम पदार्थ अनुदान सहयोगका लागि अनुरोध गरेको व्यापक चर्चा भए पनि साउदी अरबमै रहेको नेपाली दूतावास भने अनभिज्ञ छ। भारतीय अघोषित नाकाबन्दीका कारण भएको पेट्रोलियम पदार्थ अभाव टार्न साउदीसँग दुई करोड लिटर पेट्रोलियम पदार्थ अनुदान सहयोग मागेको सरकारका मन्त्रीले नै बताइरहेका छन्। तर, साउदी अरबस्थित नेपाली दूतावासलाई यसबारे कुनै औपचारिक जानकारी नआएको कार्यवाहक राजदूत आनन्द शर्माले बताए। 

शर्माका अनुसार सरकारले दूतावासलाई कुनै जानकारी गराएको छैन र साउदी सरकारका तर्फबाट समेत प्रतिक्रिया प्राप्त भएको छैन। ुतेल मागेको कुरा समाचारमा सुनेको हुँ तर मलाई औपचारिकरूपमा लिखित तथा मौखिक कुनै पनि प्रकारको जानकारी आएको छैन भने।
राष्ट्र संकटमा परेकोे समयमा साउदी अरबबाट नेपाललाई सहयोग पुर्यामउन आफूले साउदी सरकारका उच्चपदस्थ व्यक्तिसँग कुराकानी गरेको र उनीहरू सकारात्मक रहेको कार्यवाहक राजदूत शर्माले जानकारी दिए। ुमैले साउदी सरकारका उच्च तहका पदाधिकारीसँग नेपाललाई सहयोग गर्न अनुरोध गर्दा उनीहरुले लिखितरूपमा अनुरोध आए सहयोग गर्नसक्ने बताएका थिए। मैले यही कुरा परराष्ट्र मन्त्रालयमा जानकारीसमेत गराएको थिएँ।
अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा सामान्यतः सम्बन्धित दूतावासबाटै आवश्यक कार्य गरिने प्रावधान भए पनि साउदी सरकारसँग पेट्रोलियम पदार्थ अनुदान सहयोग माग गरिएको सम्बन्धमा नेपाल सरकारले यहाँस्थित दूतावासलाई जानकारी नै नदिएको हो। कार्यवाहक राजदूत शर्माका अनुसार औपचारिक निर्देशन नहुँदा थप पहल गर्न पनि कठिनाइ भएको छ।
 
गत मंसिर २२ गते पेट्रोलियम पदार्थ अभाव समाधान गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत १० हजार किलोलिटर पेट्रोल र १० हजार किलोलिटर डिजेल साउदी अरब सरकारसँग लिखितरूपमा माग गरेको सार्वजनिक गरेको थियो। त्यसैगरी परराष्ट्र मन्त्रालयले पनि प्रक्रिया अघि बढाएको समाचार बाहिर आएको थियो।