26 May Friday, 2017

Breaking News:

News

आईसियुको स्थापना सुखद

केही दिनअघि सेती अञ्चल अस्पतालले सघन उपचार कक्ष (आईसियु) शुरु ग¥यो । यो सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र र यहाँका जनताका लागि एउटा सुखद कुरा हो । देशका सबैक्षेत्रमा मेडिकल कलेज स्थापना भईसक्दा पनि सुदूरपश्चिमका जनताले भने आईसियु सुबिधा पनि पाउन सकेका छैन । मेडिकल कलेजको माग गर्नुपर्ने यस क्षेत्रका बासिन्दा सरकारसंग आईसियु स्थापनाका लागि आग्रह गर्दै आएका थिए । यसले पनि सुदूरपश्चिमको स्वास्थ्य अवस्था कस्तो छ प्रष्ट पार्छ । र यो अवस्थाले सुदूरपश्चिमलाई राज्यले गर्ने व्यवहार र उसको हेर्ने नीति पनि बुझ्न यस क्षेत्रका बासिन्दालाई गाह्रो हुदैन ।
करीव २५ लाख जनसंख्या रहेको सुदूरपश्चिममा एउटा पनि आईसियु नहुनु दुःखद कुरा थियो । ढिलै पनि स्थानीय संघसंस्था, सञ्चारमाध्यम, चिकित्सक तथा आम जनसमुदायको निरन्तरको दवावपछि सरकारले सेती अञ्चल अस्पतालमा आईसियु स्थापना गरेको छ । तर यसको निरन्तरताको चुनौती भने छदैछ । ५० शैयाको अस्पतालले २२५ शैयाको सुबिधा दिईरहेको छ । र जिल्ला अस्पतालको पनि दरबन्दी हुन नसकेको अस्पतालले क्षेत्रीय अस्पतालको सुबिधा दिईरहेको छ । यो आफैमा जटिल र चुनौतीपूर्ण कुरा हो । अझ सरकारी अस्पतालका चिकित्सकहरुले अस्पतालाई समय कम दिएको, बिरामीलाई राम्ररी नहर्ने गरेको गुनासो पनि नसुनिने होईन । कम जनशक्ति र अझ दक्ष जनशक्तिको अभावमा अस्पतालले निर्बाह गरिरहेको भूमिका सह्रानीय छ । र जन गुनासा सम्बोधन गर्न पनि अस्पताल प्रशासनले ध्यान दिन जरुरी छ । किनकी बिरामी अस्पतालमा कति डाक्टर छन्, कसरी काम गरिरहेका छन्, भन्ने बुझ्दैनन । उनीहरु मात्र उपचार खोज्छन् । त्यो पनि राम्रो उपचार । यो स्वाभाविक पनि हो । 
आईसियुको अभावमा यस क्षेत्रका आईसियु स्थापना मात्र महत्वपूर्ण कुरा होईन । महत्वपूर्ण कुरा यसको व्यवस्थापन हो । यसको निरन्तरता मात्र पनि उपलब्धी वा सुखद कुरा मान्न सकिन्न । यसको सही व्यवस्थापन र आईसियुबाट प्राप्त हुने सेवा तथा उपचार बिरामीले निरन्तर रुपमा प्रभावकारी ढंगले पाईरहेका छन्, कि छैनन, महत्वपूर्ण कुरा त्यो हो । त्यसैले यसको उचित व्यवस्थापन र निरन्तरताका लागि अस्पताल विकास समिति र चिकित्सकहरुको अविच्छिन प्रयास हुन जरुरी छ । आईसियुको सुबिधाको निरन्तरताका लागि दक्ष जनशक्ति र आवश्यक बजेटका लागि पनि यस क्षेत्रका बासिन्दाले सरकारलाई दवाव दिईरहन आवश्यक छ ।