26 May Friday, 2017

Breaking News:

News

image not found

बालीमा जमेका नेपालीहरु

 
जनसंख्याका हिसावले विश्वको चौथौ ठूलो मुलुक भएपनि नेपालीको संख्या थोरै छ, बालीमा । जम्माजम्मी ५० जति नेपाली रहेको अनुमान छ । ती मध्ये पनि अधिकांश संयुक्त राष्ट्र संघ र राष्ट्र संघका बिभिन्न निकायहरु विश्व खाद्य संगठन, युनिसेफ लगायतमा उच्च पदमा कार्यरत छन् ।
व्यवसायमा भने निकै थोरै नेपाली संलग्न छन् । 
ईञ्जिनियर टंक पन्त
ईन्डोनेशियाको जकार्तामा हाल मेट्रोको निर्माण भईरहेको छ । जसको ठेक्का जापानीज निर्माण कम्पनी सिमुजी कर्पोरेशनले पाएको छ । ११ वर्षदेखि कार्यरत सिमुजी कर्पोरेशनमा कार्यरत ईञ्जिनियर टंक पन्त जकार्ताको मेट्रो निर्माणमा संलग्न छन् । सिमुजी कर्पोरेशनका कन्ट्र्याक्ट मेनेजर ईञ्जिनियर टंक पन्त को मातहतमा १८ जना कर्मचारीमा जसमा ६ जना नेपाली ईञ्जिनियर छन् । सपरिवार जकार्ता बस्दै आएका ईञ्जिनियर पन्त सिमुजी कम्पनीका लागि जकार्तामा काम गर्ने सबै भन्दा उच्चतहमा रहेका नेपाली हुन् । 
क्याप्टेन बेद उप्रेती
अनुभवी पाईलट बेद उप्रेती लायन एयरमा प्रशिक्षक पाईलटका रुपमा कार्यरत छन् । दुई वर्षदेखि लायन एयरमा उप्रेतीसंगै ६ जना नेपाली पाईलट कार्यरत छन् । ईन्डोनेशियाको जकार्तामा बस्दै आएका उप्रेती त्यहाँबाट ईन्डानेशियाका बिभिन्न शहरको उडान भर्ने गर्छन । ईन्डानेशियामा नेपालीहरुको संख्या निकै कम हुनुमा नेपालको ईन्डोनेशियाको कुटनीतिक सम्बन्ध स्थापित हुन नसक्नु बताउछन् । विश्वका ८५ भन्दा बढि मुलुक भ्रमण गरी सकेका क्याप्टेन उप्रेती ईन्डोनेशिया घुम्नै पर्ने देश भएको बताउछन् । 
प्रकाश श्रेष्ठ,व्यवसायी
कैलालीको नारायणपुर गाविसको सत्ती पुख्र्यौली घर भएका प्रकाश श्रेष्ठ, ३२ धनगढीमा हुर्के । ऐश्वर्य विद्या निकेतनबाट एसएलसी उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाण्डौं हानिए । त्यहाँ उनको चित्त बुझेन । होटल म्यानेजमेन्ट अध्ययनका लागि १५ वर्षअघि सिंगापुर उडे । त्यहाँ पढाईका चार वर्ष विताए । पढ्दापढ्दै ईन्डोनेशियन केटीसंग प्रेम बसेपछि उनी ती केटीसंगै ईन्डोनेशियाको जकार्ता पुगे । बिहा गरे । बिहापछि केटीकै धर्म क्रिश्चियन अंगाले । चार सन्तानका पीता उनी हाल ईन्डोनेशियामा व्यापारमा जमेका छन् । कपडाको कारोवारका लागि उनी कहिले फ्रान्स पुग्छन् । कहिले चीन त कहिले अमेरिका । चिनियामूलका व्यापारीसंग मिलेर काम गरिरहेका उनले त्यतै नागरिकता समेत लिईसकेका छन् । बुवाआमाका एक्लो छोरा प्रकाश नेपाल फर्किने मुडमा छैनन । यता नेपालगञ्जमा बस्दै आएका उनका बुवाआमा भने उनको आउने आसमा पर्खिरहेका छन् ।