26 May Friday, 2017

Breaking News:

News

image not found

नेपाली काँग्रेस सभापतिमा पुनः नरनारायण शाह मनु बिजयी, सचिवमा कुँवर र कोषाध्यक्षमा चौधरी बिजयी


धनगढी
नेपाली काँग्रेस कैलालीको आज सम्पन्न निर्बाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार ४१६ मत सहित सभापति पदमा नरनारायण शाह मनु निर्बाचित भएका छन् । शाह १०९ मतको अन्तरले बिजयी भएका हुन् ।
उनका प्रतिद्धन्दी भीम बडुवालले २५७ मत प्राप्त गरेका छन् । १४ मत बदर भएको छ ।
नेपाली काँग्रेस १३ औ महाधिबेशनका लागि कैलालीका जिल्ला निर्बाचन अधिकृत मदन रेग्मीले दिएको जानकारी अनुसार शाह प्यानलका सचिव पूर्ण कुँवर पनि ३५७ मत ल्याएर बिजयी भए । उनका प्रतिद्धन्दी तेजशंकर भट्ट २४४ मत सहित पराजीत भएका छन् ।
कोषाध्यक्षमा पनि शाह प्यानलकै उम्मेदवार सेवकराम चौधरी २८५ ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी तेजराम चौधरीले १९६ मत मात्र प्राप्त गरेका छन् ।
सभापतिमा बिजयी शाह र पराजीत बडुवाल दुबै जना देउवा समर्थक हुन् । सचिवमा बिजयी कुँवर र कोषाध्यक्षमा बिजयी चौधरी पनि देउवा समर्थक शाहकै प्यानलका उम्मेदवार हुन् ।
सचिवमा पराजीत भट्ट र कोषाध्यक्षमा पराजित तेजराम चौधरी संस्थापनका उम्मेदवार हुन् ।
सचिव र कोषाध्यक्ष तर्फ २७ मत बदर भएका छन् ।
आज भएको पहिलो चरणको निर्बाचनमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्बाचन भएको थियो । पहिलो चरणबाट संस्थापनका सभापतिका उम्मेदवार बाहिरिएपछि दोस्रो चरणको निर्बाचनमा देउवा समर्थक शाह बडुवालबीच प्रतिस्पर्धा भएको थियो ।
दोस्रो चरणको निर्बाचनमा ६८७ मत खसेको थियो ।